Dec 10, 2022
कुण्डलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजाेङ -४, धादिङमा मिति २०७९ मंसीर २३ गतेका दिन शुक्रवारीय अतिरिक्त कार्यक्रमअन्तर्गत नृत्य प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । यस प्रतियोगितामा आधारभूत तह कक्षा १-५ बाट युनिका श्रेष्ठ (गण्डकी सदन) -प्रथम, सुनिता तामाङ,दिप्सना डंगोल र बविता तामाङ (कर्णाली सदन)-द्धितीय, ङिमा तामाङ र प्रतिमा तामाङ (काेशी सदन) -तृतीय भएका थिए । आधारभूत तह कक्षा ६-८ नृत्य प्रतियोगितामा उर्वशी श्रेष्ठ,सलिना तामाङ,रमिला तामाङ र आशिका तामाङ(गण्डकी सदन) -प्रथम, राेशनी तामाङ(मेची सदन) द्धितीय र अञ्जली लामा(काेशी सदन) -तृतीय भएका थिए । माध्यमिक तह कक्षा ९-१२ काे नृत्य प्रतियोगितामा अस्मिता गुरुङ,साेनु डंगोल,चन्द्रावती श्रेष्ठ र सविना गुरुङ(गण्डकी सदन)
-प्रथम, सर्मिला तामाङ(काेशी सदन) -द्धितीय र भवानी वि.क.र अमिशा तामाङ(मेची सदन) -तृतीय भएका थिए । कार्यक्रममा विद्यालयका विभिन्न सदनबाट तहगत रुपमा १२ समूहले प्रतिस्पर्धा भाग लिएका थिए । प्रत्येक सदनका सफल प्रतियाेगीहरूलाई विद्यालयकाे तर्फबाट पुरस्कार वितरण गरी सम्मान तथा प्राेत्साहन गरियाे । पुरस्कृत भाइबहिनीहरुमा उत्तराेत्तर प्रगतिका कामनासाथ धेरै धेरै बधाई ।
🔶 🔴कुण्डला मा.वि. परिवार🔴🔶
Apr 9, 2024
Apr 9, 2024
Apr 9, 2024