×

Our Blogs And News

BLOG & NEWS

Apr 9, 2024

नतिजा प्रकाशन सम्बन्धमा ।

Read More

Apr 9, 2024

नतिजा प्रकाशन सम्बन्धमा ।

Read More

Apr 9, 2024

नतिजा प्रकाशन सम्बन्धमा ।

Read More

Apr 9, 2024

नतिजा प्रकाशन सम्बन्धमा ।

Read More

Apr 9, 2024

नतिजा प्रकाशन सम्बन्धमा ।

Read More

Apr 9, 2024

नतिजा प्रकाशन गरिएको जानकारी गरिन्छ ।

Read More

Feb 25, 2024

बधाई ! बधाई !! बधाई !!!

नेत्रावती डबजाेङ शिक्षा, युवा तथा खेलकुद शाखा सेमजाेङ धादिङकाे आयाेजनामा सञ्चालन गरिएकाे आधारभूत तह ( कक्षा ६-८) काे अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी कुण्डलादेवी माध्यमिक विद्यालयका कक्षा-८ मा अध्ययनरत छात्रा उर्वशी श्रेष्ठ, कक्षा -६ की छात्रा युनिका श्रेष्ठ र कक्षा-६ का सुयाेग श्रेष्ठले प्रथम स्थान हासिल गरी विद्यालयकाे पहिचान उच्च पार्न सफल भएकाेमा हार्दिक बधाई । सबैकाे उत्तराेत्तर प्रगतिकाे कामना । आयाेजक नेत्रावती डबजाेङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, व्यवस्थापक महेन्द्र बाराही मा. वि., प्रश्नवाचक वा प्रश्ननिर्माता चेतनारायण श्रेष्ठ, सहभागी सम्पूर्ण विद्यालयहरू तथा सफलताकाे शिखरमा अगाडि बढ्न प्रेरणा दिनुहुने सम्पूर्ण शिक्षकगणमा धन्यवाद ।

Read More

Jan 7, 2024

यहि मिति २०८० साल पाैष २७  गते शुक्रबारका दिन यस कुण्डलादेवी माध्यमिक विद्यालयकाे ६३ अौँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम वागमती प्रदेशका माननीय  मन्त्री ज्यूकाे प्रमुख आतिथ्यता, राष्ट्रिय स्तरका कलाकारहरुकाे साथ विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न हुन गईरहेकाेले अभिभावक, विद्यार्थी , शिक्षक, चन्दा दाता, अक्षयकोष दाता, भु. पू. वि. व्य. स. अध्यक्ष ज्यूहरु, भु.पू. प्रधानाध्यापक ज्यूहरु, भु. पू. शि. अ. संघ अध्यक्ष ज्यूहरु, विविध समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक ज्यूहरु, विभिन्न विद्यालयका वि.व्य.स अध्यक्ष ज्यूहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, जनप्रतिनिधि ज्यूहरु, विभिन्न राजनैतिक दलका प्रमुख ज्यूहरु, लगायत विद्यालयलाई प्रत्यक्ष -पराेक्ष रुपमा साथ सपाेर्ट र सहयाेग गर्नुहुने सराेकारवाला सम्पूर्णकाे उपस्थितिमा भव्यतासाथ मनाइने जानकारी गरिन्छ ।

Read More

Apr 7, 2023

सूचना!   सूचना!!   सूचना!!!
यस कुण्डलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजाेङ-४,भाेग्टेनी धादिङमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा- ९ सम्मका बालबालिकाहरूकाे शैक्षिकसत्र २०७९ काे वार्षिक परीक्षाकाे नतिजा मिति २०७९/१२/२६ गते आइतबारका दिन प्रकाशन गरिने हुँदा सम्पूर्ण अभिभाबकवर्ग, शिक्षकगण तथा विद्यार्थीहरूमा जानकारी गरिन्छ । ठिक १०:०० बजे उपस्थित भइ आफ्ना बालबालिकाहरुकाे लब्धाङ्क पत्र (Grade sheet) लिनुहाेला साथै दुई विषयमा अनुत्तीर्ण बालबालिकाहरूले ग्रेडवृद्धि परीक्षामा सामेल हुन तुरुन्त सम्पर्कमा रहन जानकारी गरिन्छ ।

Read More

Mar 10, 2023

आज मिति २०७९ फाल्गुण २६ गते शुक्रबारका दिन आयाेजित हाजिरी जवाफ प्रतियोगितामा  प्राथमिक तहबाट युनिका श्रेष्ठ, साेनिका तामाङ र सनिसा तामाङकाे समूह (प्रथम), सुयाेग श्रेष्ठ, मृजन तामाङ र दिया वि.क काे समूह (द्धितीय) र सिम्रन तामाङ, रिदम तामाङ र रिमा वि.क काे समूह (तृतीय) भएकाेमा हार्दिक बधाई । माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा उर्वशी श्रेष्ठ, टिना तामाङ, ग्याल्माे लामा र अमृता वि.क काे गण्डकी सदन (प्रथम), साैरब श्रेष्ठ, विनेश तामाङ, रविन्द्र तामाङ र प्रज्वल श्रेष्ठकाे मेची सदन (द्धितीय), स्मिता तामाङ , कृति तामाङ, सुकुमाया तामाङ र एञ्जिना तामाङकाे कर्णाली सदन (तृतीय) भएकाेमा हार्दिक बधाई । सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ।

Read More

Dec 21, 2022

उत्कृष्ट विद्यार्थी बन्ने १८ उपायहरू मनन गर्नुहाेस् :
उपाय -१ 
प्रत्येक कक्षाका लागि आवश्यक कुराहरुलाई राम्रोसँग बुझ्नुहोस्। त्यो कक्षामा कसरी पढाइन्छ, तपाईबाट शिक्षक/ कक्षाले के-कस्तो आशा/ अपेक्षा गर्नेछन् भन्ने कुरा राम्रोसँग बुझ्नुहोस्। त्यस्तै शिक्षक र प्रशासनसँगै परीक्षा कसरी हुन्छ र कक्षाका लागि कसरी राम्रो गर्ने भनेर सोधखोज गर्नुहोस् ।
उपाय -२
सक्रिय सिकारु बन्नुहोस् । सक्रिय पढाइ, लेखाइ, बोलाइ र सुनाइको माध्यमबाट नयाँ-नयाँ तरिका अपनाउन चिन्तन गर्नुहोस् ।
उपाय -३
प्रत्येक विषयमा त्यही विषयअनुसार त्यही विषयमा सोच्नुहोस् जस्तो तपाईं इतिहास विषय पढ्दै हुनुहुन्छ भने अथवा इतिहासको कक्षामा हुनुहुन्छ भने तपाईंले इतिहासमै सोच्नुपर्छ रसायनशास्त्रको कक्षामा हुनुहुन्छ भने रसायनशास्त्रमै सोच्नुपर्छ ।
उपाय -४
प्रश्नकर्ता बन्नुहाेस् । आफूलाई शिक्षकसँग प्रश्न सोधेर प्रवचन र छलफलमा व्यस्त राख्नुहाेस् यदि तपाईं कक्षामा प्रश्न सोध्नुहुन्न भने तपाईं विषयवस्तु राम्रोसँग बुझ्नुहुन्न ।
उपाय -५  
तपाईंले पढ्ने विषयवस्तुहरूबीचको अन्तरसम्बन्ध बुझ्नुहाेस् । प्रत्येक कक्षाका विषयवस्तुहरू एक-आपसमा अन्तरसम्बन्धित हुन्छन्। विषयवस्तुको एउटा क्रम र पद्धति हुन्छ। त्यसैले सुँगाजस्तो नघोक्नुहाेस् । बुझ्न्नुहाेस्,ध्यान दिनुहाेस्, पढ्नुहाेस् र सधैँ नयाँ कुरालाई पुरानो सिकाइसँग जोडेर हेर्नुहाेस् ।
उपाय -६ 
तपाईं शिक्षकलाई आफ्नै खेलको 'कोचझै ' ठान्नुहाेस्। आफूलाई समूहको सदस्यका रूपमा ठान्नुहाेस् र प्रशिक्षकले भने जसरी सोच्ने अभ्यास गर्नुहाेस् । उदाहरणका लागि बीजगणितको कक्षामा आफूलाई बीजगणित टिम र शिक्षकसँग खेल मैदानमा खेलका लागि कसरी तयार रहनुपर्छ भनेर शिक्षकले निर्देशन दिएअनुसार अभ्यासका लागि गएको ठान्नुहाेस् ।
उपाय -७
पाठ्यपुस्तकका लेखकले सोच्ने जसरी पाठ्यपुस्तक पढ्नुहाेस् / सोच्नुहाेस् । तपाईंको काम पाठ्यपुस्तकका लेखकले सोचे जसरी सोच्नु हो । उदाहरणका लागि लेखकको जस्तो अभिनय गर्नुहाेस् र कक्षाका अरू विद्यार्थीलाई विषयवस्तुका मुख्य अंशको व्याख्या गर्नुहाेस् ।
उपाय -८
कक्षाको समयलाई उक्त कोर्सको मुख्य धारणा र सिद्धान्त उपयोग गरेर उक्त कक्षाको विषयवस्तुभित्र मात्रै रहेर सोच्ने अभ्यास गर्ने समयका रूपमा लिनुहाेस् । कक्षाकोठाको पछिल्ला बेन्चमा निष्क्रिय भएर बसेर वर्षाको पानी टाउकामा खसे जसरी ज्ञान तपाईंको टाउकामा खस्छ भनेर नबस्नुहाेस् । यस्तो हुँदैन् ।
उपाय -९
आफूले सिकेका कुराहरूलाई तपाईं आफ्नो जीवनका विभिन्न सवाल, समस्या र व्यवहारमा सँगै जोडेर हेर्ने गर्नुहाेस् । यदि तपाईंले सिकेका कुराहरूलाई आफ्नो जीवनसँग जोड्न सक्नुहुन्न भने तपाईंले बुझ्नुहुन्न ।
उपाय -१०
तपाईं आफ्नो कमजोरी पत्ता लगाउनुहाेस् । सम्भव भएसम्म ती कमजोरी सुधार्न प्रयास गर्नुहाेस् । आफ्नो कमजोरी पहिचान गर्नु र कमजोरीलाई सुधार्नु तपाईंको सबल पक्ष हो ।
उपाय -११
आफूले पढेका कुरा कक्षामा अरु साथीहरुलाई बुझाउन सक्छु कि सक्दिन भनेर आफैलाई प्रश्न गर्नुहाेस् । । यदि तपाई सक्नुहुन्न भने तपाईंले राम्रोसँग बुझेको छैन भन्ने सम्झनुहाेस् ।
उपाय -१२
सुरुसुरुका कक्षामा कोर्सका मुख्य मुख्य धारणा बुझ्न खोज्नुहाेस्। उदाहरणका लागि जीवविज्ञानको विषयमा सर्वप्रथम आफ्नै मौलिक शब्दमा जीवविज्ञानलाई बुझ्न र व्याख्या गर्न खोज्नुहाेस् । त्यसपछि त्यो परिभाषालाई पछाडि पढ्दै गएका विषयवस्तुसँग जोडेर बुझ्न थाल्नुहाेस् । कुनै पनि विषयका आधारभूत धारणाहरू ती विषयका प्रायः सबै पाठका लागि आधार हुन्छन् ।
उपाय -१३
नबुझेका कुरा सिलसिलेवर रूपमा सधैं सोध्ने गर्नुहोस् । शिक्षकलाई अझ व्याख्या गर्न र थप उदाहरण दिन भन्नुहाेस् । यदि तपाईं सिकेको कुराको उदाहरण दिन सक्नुहुन्न भने तपाईं आफूले सिकेका कुरा आफ्नो जीवनसँग जोड्न सक्नुहुन्न ।
उपाय -१४
कक्षाकोठामा आउनुभन्दा अघि अघिल्लो दिन पढेका कुराहरूको मुख्य-मुख्य बुँदाहरूबारे मौखिक वा लिखित रूपमा आफूले आफैलाई जाँच्नुहाेस् । यदि तपाईंले अघिल्लो दिन पढेका कुराहरूको मुख्य-मुख्य बुँदाको सारांश निकाल्न सक्नुभएन भने तपाईंले कुरा राम्रो बुझ्नु भएनछ भन्ने ठान्नुहाेस् ।
उपाय -१५
 म प्रस्ट भइरहेको छु ? ठीक छु, यथार्थ छु, तार्किक छु ? पाठका महत्वपूर्ण कुराहरुलाई ध्यान दिएको छु ? यसैगरी तपाईं आफूलाई परीक्षण गर्न सिक्नुहाेस् ।
उपाय -१६
पाठ्यपुस्तक अथवा अन्य अध्ययन सामग्री पढेर सारांश लेख्ने प्रयास गर्नुहाेस् । आफ्नो प्रगति बुझ्ने विभिन्न प्रश्न बनाउनुहाेस् र आफैँ उत्तर खोज्नुहाेस् ।
उपाय -१७ 
तपाईं आफ्नो सुनाइ क्षमतालाई बारम्बार मूल्याङ्कन गर्नुहाेस् । तपाईं कक्षामा ध्यानपूर्वक सुन्न सक्नुहुन्छ ? तपाईं शिक्षकले भनेका कुराहरू आफ्नै भाषामा बुझ्न सक्नुहुन्छ ? पाठमा भएका मुख्य बुँदाहरूलाई व्याख्या गर्न सक्नुहुन्छ ? आफै बारम्बार मूल्याङ्कन गर्नुहाेस् । 
उपाय -१८
तपाईं आफ्नो पढाइलाई  बारम्बार मूल्याङ्कन गर्नुहोस् । पाठ्यपुस्तक राम्ररी पढिरहनुभएको छ ? तपाईंले पढेपछि प्रश्न पनि सोध्नुहुन्छ ? तपाईं के बुझ्नुहुन्छ र के बुझ्नु हुँदैन् भन्ने कुराको हेक्का गर्नुहाेस् ? त्यति कुराको हेक्का राख्न सक्नु भएको छ भनेमात्र तपाईंले पढेको कुरा राम्रोसँग बुझ्नु भएको छ भन्ने थाहा पाउनुहोस् । 
        - जीवन परिवर्तन आफैबाट सम्भव छ । अरुकाे भरमा नपराैँ । इच्छाशक्ति बढाउने काेशिस गराैँ ।

Read More

Dec 10, 2022

कुण्डलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजाेङ -४, धादिङमा  मिति २०७९ मंसीर २३ गतेका दिन शुक्रवारीय अतिरिक्त कार्यक्रमअन्तर्गत नृत्य  प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । यस  प्रतियोगितामा  आधारभूत तह कक्षा १-५ बाट  युनिका श्रेष्ठ (गण्डकी सदन) -प्रथम, सुनिता तामाङ,दिप्सना डंगोल र बविता तामाङ (कर्णाली सदन)-द्धितीय, ङिमा तामाङ र प्रतिमा तामाङ (काेशी सदन) -तृतीय  भएका थिए । आधारभूत तह कक्षा ६-८ नृत्य प्रतियोगितामा उर्वशी श्रेष्ठ,सलिना तामाङ,रमिला तामाङ र आशिका तामाङ(गण्डकी सदन) -प्रथम, राेशनी तामाङ(मेची सदन) द्धितीय र  अञ्जली लामा(काेशी सदन) -तृतीय भएका थिए । माध्यमिक तह कक्षा ९-१२ काे नृत्य प्रतियोगितामा  अस्मिता गुरुङ,साेनु डंगोल,चन्द्रावती श्रेष्ठ र सविना गुरुङ(गण्डकी सदन)
 -प्रथम, सर्मिला तामाङ(काेशी सदन) -द्धितीय र भवानी वि.क.र अमिशा तामाङ(मेची सदन) -तृतीय  भएका थिए ।  कार्यक्रममा विद्यालयका विभिन्न सदनबाट तहगत रुपमा १२ समूहले प्रतिस्पर्धा भाग लिएका थिए । प्रत्येक सदनका सफल प्रतियाेगीहरूलाई   विद्यालयकाे तर्फबाट पुरस्कार वितरण गरी सम्मान तथा प्राेत्साहन गरियाे । पुरस्कृत  भाइबहिनीहरुमा उत्तराेत्तर प्रगतिका कामनासाथ धेरै धेरै बधाई ।
             🔶 🔴कुण्डला मा.वि. परिवार🔴🔶

Read More

Nov 4, 2022

कुण्डलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजाेङ -४, धादिङमा जुनियर  तथा युवा रेडक्रस साेसाइटीले  आज मिति २०७९ कात्तिक १८ गतेका दिन सञ्चालित शुक्रवारीय वक्तृत्वकला कार्यक्रम सञ्चालन गरेकाे थियाे ।आधारभूत तह कक्षा १-५ काे "मेराे गाउँ" शीर्षकमा  आधारभूत तह कक्षा १-५ बाट  युनिका श्रेष्ठ (कक्षा-५) -प्रथम, सुयाेग श्रेष्ठ (कक्षा-५)-द्धितीय, शिवानी श्रेष्ठ (कक्षा-३)-तृतीय  र दिप्सना डंगोल (कक्षा-३)- सान्त्वना भएका थिए ।आधारभूत तह कक्षा ६-८ काे "मेराे देश" शीर्षकमा आधारभूत तह कक्षा ६-८ बाट कक्षा-७ की  छात्रा उर्वशी श्रेष्ठ -प्रथम, कक्षा -७ का छात्र निराजन काेइराला द्धितीय र कक्षा -६ की छात्रा जेनिशा श्रेष्ठ -तृतीय भएका थिए । माध्यमिक तह कक्षा ९-१२ काे "शिक्षाकाे महत्त्व" शीर्षकमा माध्यमिक तह कक्षा ९-१२ बाट कक्षा-१० का छात्र विवेक गुरुङ -प्रथम, कक्षा-९ का छात्र साैरब श्रेष्ठ -द्धितीय र कक्षा-१० का छात्र रजिन श्रेष्ठ -तृतीय  भएका थिए । कुण्डलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजाेङ-४,धादिङकी जुनियर तथा युवा रेडक्रस साेसाइटीका सभापति स्मिता तामाङ र सचिव अस्मिता गुरुङ द्वयले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमकाे सभापतित्व विद्यालयका सहायक प्रधानाध्यापक अमरराज श्रेष्ठ हुनुहुन्थ्यो ।कार्यक्रममा विद्यालयका विभिन्न सदनबाट तहगत रुपमा २५ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक सदनका सफल प्रतियाेगीहरूलाई जुनियर तथा युवा रेडक्रस साेसाइटीका शिक्षक नायक प्रकाशकुमार श्रेष्ठकाे हातबाट विद्यालयकाे तर्फबाट पुरस्कार वितरण गरी सम्मान तथा प्राेत्साहन गरियाे । सम्पूर्ण विजयी भाइबहिनीहरुमा उत्तराेत्तर प्रगतिका कामनासाथ धेरै धेरै बधाई ।

Read More

Sep 8, 2022

आज भदौ २३, "साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण-Transforming Literacy Learning Spaces" आदर्श वाक्यसहित ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह । मिति २०७९ भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा कुण्डलादेवी माध्यमिक विद्यालयद्वारा आयोजित अन्तर तहगत वक्तृत्वकला (कक्षा १-५) प्रतियोगितातर्फ ८ जना प्रतियाेगी विद्यार्थीहरूमध्ये कक्षा- ५ की छात्रा युनिका श्रेष्ठ प्रथम, कक्षा -५ का छात्र सुयाेग श्रेष्ठ द्धितीय, कक्षा -४ की छात्रा रिमा वि.क. तृतीय र कक्षा -३ की छात्रा शिवानी श्रेष्ठ सान्त्वना भएका छन् । वक्तृत्वकला (कक्षा ६-८) प्रतियोगितातर्फ ११ जना प्रतियाेगी विद्यार्थीहरूमध्ये कक्षा- ७ की छात्रा उर्वशी श्रेष्ठ प्रथम, कक्षा -७ का छात्र निराजन काेइराला द्धितीय, कक्षा -६ की छात्रा ग्याल्माे लामा तृतीय र कक्षा- ७ की छात्रा कृति तामाङ सान्त्वना भएका छन् । वक्तृत्वकला (कक्षा ९-१२) प्रतियोगितातर्फ ९ जना प्रतियाेगी विद्यार्थीहरूमध्ये कक्षा -१० का छात्र विवेक गुरूङ प्रथम, कक्षा -९ का छात्र साैरव श्रेष्ठ द्धितीय, कक्षा- ९ की छात्रा स्मिता तामाङ तृतीय र कक्षा -१२ की छात्रा रिस्ना तामाङ सान्त्वना भएका छन् । सम्पूर्ण सहभागीलाई उत्तराेत्तर प्रगतिकाे कामना । पुरस्कृत सबैजनालाई धन्यवाद ।

 

Read More

Sep 8, 2022

Read More